दफा १२
छनौट समिति
– (१) दफा ११ को उपदफा (२) को खण्ड (ख) बमोजिम उपाध्यक्षको मनोनयन गर्ने
प्रयोजनको लागि नेपाल सरकारसमक्ष सिफारिस गर्न देहायबमोजिम एउटा छनौट समिति रहनेछः –
(क) उपाध्यक्ष, राष्ट्रिय योजना आयोग – संयोजक
(ख) गरीबी निवारणको क्षेत्रसँग सम्बन्धित विज्ञहरुमध्येबाट नेपाल सरकारले तोकेको व्यक्ति – सदस्य
(ग) मुख्य सचिव, नेपाल सरकार – सदस्य
(२) उपदफा (१) बमोजिमको छनौट समितिले उपाध्यक्षको मनोनयनको लागि नेपाल सरकारसमक्ष नाम सिफारिस गर्दा तीनजनाको नाम सिफारिस गर्नु पर्नेछ ।
(३) छनौट समितिले उपदफा (२) बमोजिम सिफारिस गरेको तीनजनामध्येबाट कुनै एकजनालाई नेपाल सरकारले उपाध्यक्षको लागि मनोनयन गर्नेछ ।
(४) छनौट समितिले उपाध्यक्षको मनोनयनको लागि सिफारिस गर्न नाम छनौट गर्दा अपनाउनु पर्ने प्रक्रिया तथा आफ्नो बैठकसम्बन्धी कार्यविधि आफै निर्धारण गर्न सक्नेछ ।